अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा पुनः अजित शाह चयन

Advertisement

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभाले समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण सभासम्मका लागि पुनः अनुमोदन गरेको छ । समितिमा चेम्बरका अध्यक्ष अजित शाह, उपाध्यक्ष निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द र सदस्यहरु अतुल्य रिसाल, असिममान सिंह बस्न्यात, आकाश गोल्छा, जयदिन श्रेष्ठ र सेमन्त दाहाल रहेका छन् ।

Advertisement

सभालाई सम्बोधन गर्दै एचाम नेपालका अध्यक्ष शाहले अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको विकास सदस्य कम्पनीको मजबुत सहकार्य, क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट सम्भव भएको बताए । 

Advertisement

Advertisement