गोलकिपरको बलमा अर्जेन्टिना सेमिफाइनलमा, पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्स पराजित

Advertisement

काठमाडौं । नेदरल्याण्ड्सलाई पेनाल्टी सुटवाउटमा हराउँदै अर्जेटिना जारी कतार विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजको बलमा अर्जेन्टिनाले उपाधिको संभावना कायम राखेको हो । 

निर्धारत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा बराबरी (२–२) खेलेको कडा प्रतिस्पर्धी नेदरल्याण्ड्स पेनाल्टी सुटवाउट ४–३ ले पराजित भयो । अर्जेन्टिनाको यो आठ बर्षपछिको सेमिफाइनल यात्रा हो । 

Advertisement

खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा फलमा पाएको पेनाल्टीको मौकालाई सदुपयोग गर्दै मेसीले ६३औं मिनेटमा गोल गरेका थिए । 

दुई गोलले पछि परेको नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्न सफल भयो । उसले ८३औं मिनेट र ९० मिनेटपछिको इन्जुरी टाइममा गोल थपेपछि अर्जेन्टिना निराश भएको थियो । दुवै गोल नेदरल्याण्ड्सका वेघोस्टले गरेका थिए । 

अर्जेन्टिनाले अब पहिलो सेमिफाइनलमा मंगलबार क्रोएसियाको सामना गर्नुपर्ने छ । क्रोएसियाले शुक्रबार राति क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो । 

Advertisement

Advertisement