चतुर तामाङ बने एकै सिर्जनमा माउन्ट एल्ब्रस दुई पटक चढ्ने पहिलो नेपाली

Advertisement

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) एकै सिजनमा दुई पटक सफल सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । 

हिजो (सोमबार) रसियन​ समय अनुसार बिहान ९ बजे सो हिमालको सफल आरोहण गरेको उनले कर्पोरेट नेपाललाई जानकारी दिए । सोलुखुम्बु मापिया दुधखोसी गाउँपालिकाका तामाङ ११९औं पटक सो हिमाल चढ्न सफल भएका छन् । 

Advertisement

तामाङले सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक सो हिमाल चढ्ने लक्ष्य रहेको उनले सुनाए । हालसम्म तामाङले सगरमाथा पाँच पटक, ल्होत्से दुई पटक, कञ्चनजंघा, चोयु, मनास्लु सात–सात पटक, अमादब्लम तीन पटक, बरुन्ट्से एक पटक, आइसल्यान्ड पिक १६ पटक, मेरा पिक १७ पटक आरोहण गरेका छन् ।

Advertisement

Advertisement