‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ परिचालन गरी कर्णालीमा नियमित हवाई सेवा सुरु गर्ने तयारी

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा सुरु गर्नेबारे सो क्षेत्रका सरोकारवाला, निजी क्षेत्र र सरकारी अधिकारीहरुसँग छलफल गरेका छन् ।

बुधवार मन्त्रालयमा भएको छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु पनि सहभागी थिए । त्यस क्रममा मन्त्री श्रेष्ठले कर्णालीका दुर्गम जिल्लामा हवाई उडानलाई नियमित बनाउन गरिरहेको प्रयासबारे जानकारी दिए । 

Advertisement

उनले आन्तरिक वायुसेवा कम्पनीलाई दुर्गम क्षेत्रको उडानमा हुने घाटा पूर्तिका लागि ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’को प्रभावकारी सञ्चालन गरिने बताए । प्राधिकरणले कोष सुरुवात गरे पनि अहिले संचालन हुन सकेको छैन् । पर्यटनमन्त्री श्रेष्ठले कर्णालीका हिमाली र पहाडी जिल्लामा हवाई उडानलाई नियमित बनाउन प्रयास गरिरहेको बताए ।

दुर्गम भेगमा उडान गर्दा हुने घाटा हुने भएकाले घद्दाटा पूर्तिका लागि कोष पुनः सञ्चालन गर्ने बारे अध्ययन गर्न मन्त्री श्रेष्ठले यसअघि कार्यदल गठन गरेका थिए । उक्त कोषमा पर्वतीय उडान गर्दा एक विदेशी यात्रुबराबर ४ अमेरिकी डलर, अन्य गन्तव्यका उडानमा एक विदेशी यात्रु बराबर २ डलर तथा हेलिकोप्टर सेवातर्फ प्रत्येक ‘चार्टर’ उडान गर्दा हुने कूल आम्दानीको २ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । 

Advertisement

Advertisement