कर्णाली प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

Advertisement

काठमाडौं । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरे । 

पुर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रिया लगायत सचिवालय निर्माण गर्दै प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

Advertisement

सो साधारण साधारण सभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समितिमा उपाध्यक्षहरु अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ठ तथा पुष्पा शाही रहेका छन् । 

साधारण सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदा हुँदै पनि विकासमा पछी परेको बताए । 

कार्यक्रममा परिसंघ प्रदेस तथा जिल्ला समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, वाग्मति उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीलगायत सहभागी थिए । 

Advertisement

Advertisement