सुनसरीमा यसपटक शान्तिपूर्णरुपमा निर्वाचन कसरी संभव भयो ? (एसपी ढकालको प्रतिक्रिया)

Advertisement

काठमाडौं । विगतका निर्वाचनहरुमा प्रायः कुनै न कुनै घटना हुने सुनसरीमा यस पटकको संसदीय निर्वाचन भने शान्तिपूर्ण रह्यो । शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन कसरी संभव भयो ? भन्ने कुरा सो क्षेत्रको सुरक्षाको जिम्मा लिएको प्रहरी प्रमुख को छ ? भन्ने कुराले खास अर्थ राख्छ । 

सुनसरीमा १६६ वटा मतदान स्थल थिए भने ५९१ मतदान केन्द्र थिए । ती सबैमा शान्तिपूर्ण मतदान गराउन संभव भयो । यसको प्रमुख देश सुनसरीका नेपाल प्रहरी प्रमुख एसपी प्रमु ढकाललाई जान्छ । 

Advertisement

उनको रणनीति र सुरक्षा व्यवस्थापनअनुसार कुनै पनि क्षेत्रमा अवान्छित क्रियाकलाप हुन पाएनन् । ढकालले नेपाल प्रहरीका एक हजार ५८५ कर्मचारी तथा दुई हजार ४९५ म्यादी प्रहरी परिचालित गरेका थिए । 

उनी भन्छन्, ‘तीन घेरामा सुरक्षाकर्मीले सुरक्षा दिएका थिए । मतदाताको सुरक्षाका लागि सबैले खटिएर काम गर्नुभयो । जिल्ला सुरक्षाको टिम र प्रहरीले फिल्डमा गएर आफ्नो काम गरेका थियौं । मौन अवधिमा हामीले सबै मतदान स्थलमा सुरक्षा दियौं ।’ 

ढकालले आफूहरुले दैनिक छलफल गर्दै मतदातालाई सचेत गराउने र निर्वाचनविरोधी गतिविधि हुनबाट रोकेको अनुभव सुनाउँदै बाहिरबाट कुनै घुसपैठ नहुन सीमा पारी सुपोल र अरैयामा रहेका सुरक्षाकर्मीहरुसँग पनि छलफल गरेको बताए । 

उनले चुनावको दिन सबै मतदातालाई मतदान स्थलसम्म पुग्न सहयोग गरेको अनुभव सुनाउँदै मतदाताले यस पटक भयरहित वातावरणमा मत खसाल्न पाएको बताए । विभिन्न छ वटा समूहले निर्वाचन बहिस्कार गर्ने भने पनि आफूहरु निर्वाचन विरोधी गतिविधि रोक्न चनाखो भएर लागेको बताए । 

ढकालले भने, ‘ठूला किसिमका घटना घटन पाएन । सुरक्षित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन चौतर्फी सहयोग पनि हामीले पायौं । स्थानीय जनताले पनि भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा यसलाई ऐतिहासिक उपलब्धी मान्दै खुशी व्यक्त गर्नुभयो ।’

Advertisement

Advertisement