बुद्ध एयरको एटिआर–७२ जहाजले काठमाडौं–सुर्खेत दैनिक दुई उडान गर्ने

Advertisement

काठमाडौं । बुद्ध एयरको एटिआर–७२ जहाजबाट काठमाडौं–सुर्खेत दैनिक दुई उडान गर्ने भएको छ । बुद्धले आगामी बुधबार (२१ डिसेम्बर) देखि दैनिक दुई उडान गर्न लागेका बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार बुद्धले पहिलो उडान बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्ने बताएको छ । त्यस्तै, दोस्रो उडान १ः२५ बजे काठमाडौंबाट सुर्खेत र ३ बजे सुर्खेतबाट काठमाडौं गर्ने जनाएको छ । उनले यस उडानबाट सुर्खेत र सो क्षेत्रको यात्रा थप सहज र सरल हुने, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । प्राधिकरणका अधिकारीहरुसहित ७० जना यात्रु लिएर बुद्ध एयरको एटीआर–७२ जहाजले शुक्रबार सुर्खेतमा पहिलो व्यवसायिक उडान गरेको थियो । 

Advertisement

यसअघि बुद्ध एयरले ४८ सिट क्षमताको एटीआर–४२ जहाजमार्फत् सुर्खेतको दैनिक एउटा उडान गर्दै आएको थियो । 
 

Advertisement

Advertisement