बौद्धनाथ स्तुपाभित्र ‘हिमालयन म्युजियम’

Advertisement

काठमाडौं । बौद्धस्थित हिमालयन म्युजिअम (संग्रहालय) संचालनमा आएको छ । आज मंगलबार हिमालयन म्यूजिअम् र सांग्रिला गार्डेन रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याइएको हो । 

यसको उद्घाटन रिन्पोछे (बौद्ध धर्म गुरु) छसाङले गरे । 
बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा कार्यक्रम आयोजना गरिएको समितिका सदस्य रग्बा शेर्पाले जानकारी दिए । बौद्धनाथ स्तुपा पर्यटकहरुको आकर्षणको एक केन्द्र रहनुका साथै बौद्ध धर्मावलम्बीहरुको आस्थाको स्थल पनि हो । यहाँको शान्त, सफा वातावरणले पर्यटकहरुलाई थप आकर्षण थप्ने गरेको छ । 

Advertisement

संग्रहालयका अध्यक्ष तेन्जिन शिमिजुका अनुसार हिमालयन म्युजियममा तिब्बती संस्कृति, बुद्ध धर्म र संस्कृति झल्किने करिब छ सय सामान राखिएका छन् । 

यसअघि नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनले पनि म्युजियम अवलोकन गरेका दिए । कार्यक्रममा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, श्याम खतिवडा, अमेरिकी दूतावासको प्रतिनिधित्व गर्दै जेसन वुइकी र जेम्स, जापानबाट प्रतिनिधित्व गर्दै टाकाडाको सहभागिता रहेको थियो । 

Advertisement

Advertisement