नामी कलेजले गर्यो ‘मोडल युनाइटेड नेसन’ कार्यक्रम

Advertisement

काठमाडौं । काठमाडौंस्थित नामी कलेजमा आयोजना गरिएको ‘नामी मोडल युनाइटेड नेसन’ कार्यक्रम को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रदीप पौडेल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । 

जोरपाटी स्थित नामी कलेजमा पुस १, २ र ३ गते कलेज ब्यवस्थापन, बिद्यालयका पूर्व बिद्यार्थीहरु र नभ्य नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । तीन दिनको कार्यक्रममा ३ सयभन्दा बढी विद्यार्थीहरुले भाग लिएको आयोजकले जनाएको छ । 

Advertisement

‘तीन दिनको कार्यक्रममार्फत प्लस २ र ए लेभलका विद्यार्थीहरुले नयाँ सिपहरु सिक्न तथा आफ्नो चारित्रक विकास गर्ने अवसर पाएका छन्,’ आयोजक टिमका सदस्य प्राञ्जल शर्माले भने । 

यस कार्यक्रमले द्वन्द्वग्रस्त क्षेत्रमा बालबालिकाहरुको अधिकार संवद्र्धन गर्ने, तथा उनीहरुमाथिको दुव्र्यवहार रोक्ने, मध्यपूर्वको अवस्था, फिफा विश्वकप २०२२, महिलामाथि हुने हिंसा, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण का आर्थिक तथा वातावरणीय प्रभाव लगायतका बहुआयामिक विषयहरुलाई समेटेको थियो ।

कार्यक्रममा एलेक्म्स नेपाली, सुजल शर्मा र साहिल साह कुरीजस्ता पर्फमरहरु उपस्थित थिए ।
 

Advertisement

Advertisement