काठमाडौं । केएफसी नेपाल रेष्टुरेन्टका ग्राहकहरुले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरीका केएफसी आउटलेटहरुमा पुस २३ गतेसम्म उपलब्ध हुनेछ ।
स्टाटिक क्यूआरको रुपमा हालै उक्त रेस्टुरेन्चमा जडान भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
केएफसीमा नेपालपे क्यूआरको सेवा सन्राईज बैंकको सहकार्यमा सुचारु गरिएको हो । फास्टफुडको रुपमा विश्व परिचित ब्रान्ड केएफसीमा अब उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।
हाल नेपालपे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ ।
भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।