काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएर ठूलो मानवीय क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । विमान दुर्घटना भए लगतै उनले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
जहाज दुर्घटनाप्रति दाहालले दुख व्यक्त गरेका छन् । असन्तुलित हुँदै सेतीको खोँचमा खसेको उक्त जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य छन् ।