बतासको प्रश्न– हाम्रो जस्तै भूगोल र मौसम भएका अरु देशमा यतिबिघ्न दुर्घटना हुन्छन् ?

Advertisement

काठमाडौं । व्यवसायी आनन्दराज बतासले हाम्रो जस्तै भूगोल र मौसम भएका अरु देशमा यतिबिघ्न दुर्घटना हुन्छन् ? भनेर प्रश्न उठाएका छन् । 

नेपालमा हवाई सुरक्षा गम्भीर बहसको विषय बन्न थालेको बेला उनले पनि यस विषयमा सामाजिक सञ्जालमा प्रश्न उठाएका हुन् । आइतबार बिहान यती एयरलाइन्सको एटीआर ७२ जहाज दुर्घटनामा पर्दा ठूलो मानवीय र भौतिक क्षति भएको छ । 

Advertisement

नेपाल जस्तो मुलुकमा हवाई यातायातको माग बढ्दै गएको बेला एकपछि अर्को दुर्घटनाले मानिसहरुमा चिन्ता र चासो बढेको छ । बतासले ‘दुर्घटना भवितव्य हो तर नेपाली आकाशमा हवाई दुर्घटना चाहिं हाम्रो नियति बनिसक्यो !’ भन्दै प्रश्न गर्छन्, ‘हाम्रो जस्तै भूगोल र मौसम भएका देशमा यतिबिघ्न दुर्घटना हुन्छन् त ? हामी कहाँ चुकिरहेका छौं ? हाम्रो नियामकीय कमजोरी हो कि सेवा प्रवाहमा त्रुटि ? हामीले विगतका दुर्घटनाबाट किन सिक्न सकेनौं ?

Advertisement

Advertisement