महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई रु. १ लाखसहित सम्मान

Advertisement

काठमाडौं । अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा शनिबार आएको बाढीले  बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई  महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । 

तामाङले जोखिमका बीच देखाएको अदम्य साहसले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङ्गलाई रु. १ लाख नगद सहित सम्मान गरिएको हो । 

Advertisement

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्धार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । 

बैंकले देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।  

Advertisement

Advertisement