सेनाले सुरक्षा दिँदै आएको चितवन राष्ट्रिय निकुञ्जभित्र फेरि तस्करले मारे लोपोन्मुख दुई गैंडा
File Photo

Advertisement

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख एक सिंगे गैंडा संरक्षणका लागि सरकार र अन्य दाताहरुले ठूलो लगानी गरे पनि तस्करहरुले गैंडा मार्ने क्रम भने अझै रोकिएको छैन् । 

निकुञ्जमा फेरि दुई वटा गैंडा मारिएको छ । गैंडालगायतका जंगली जनावरको सुरक्षाका लागि नेपाली सेनालाई नै खटाइए पनि कहिले चोरी शिकारी र कहिले धरापमा परेर गैंडा र बाघ मारिने क्रम जारी रहँदा संरक्षण अभियानमा लागेकाहरु चिन्तित हुन थालेका छन् । 

Advertisement

तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका हुन् । नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर  २ स्थित नारायणी नदी किनारमा यी गैंडा तस्करले मारेको अवस्थामा फेला परेका छन् । 

निकुञ्ज प्रशासनले दिएको जानकारीअनुसार वयस्क माउ गैंडा र उसको हुर्किंदै गरेको केटोलाई तस्करहरुले मारेर तस्करहरुले खाग निकालेर लगेको अवस्था भेटिएका छन् । यो बर्ष मात्रै निकुञ्जमा झण्डै एक दर्जन गैंडा मरेका छन् । 

Advertisement

Advertisement