हर्क साम्पाङले पनि अनधिकृत संरचनामा डोजर चलाउन सुरु गरे

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना भत्काउन सुरु गरेका छन् । 

उनले आइतबार धरानको देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर लगाउन सुरु गरेको हो । त्यस क्रममा स्थानीय र प्रहरीबीच केही समय तनाव समेत सिर्जना भएको थियो । 

Advertisement

धरानको खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने निर्णय गरेका साम्पाङले सो क्षेत्र अतिक्रमण गरी घर बनाइएपछि आज जोडर लगाइएको हो । मेयर साम्पाङले सार्वजनिक जग्गामा घर निर्माण नगर्न पटक पटक पत्राचार गर्दा पनि अटेर गरेकाले डोजर चलाउनु परेको बताएका छन् । 

स्थानीयले भने आफूहरुले लामो समयदेखि भागचलन गर्दै आएको घरजग्गामा मेयर साम्पाङले डोजर चलाएको भन्दै असन्तुष्टि पोखेका छन । उनीहरुले उपमहानगरपालिकाको निर्णयको विरुद्धमा मुद्दा दायर गरेपछि अदालतले मागअनुसार अन्तरिम आदेशसमेत दिएको छ । 

Advertisement

Advertisement