ब्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्रीसँग सुनचाँदी ब्यवसायीको आग्रह

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई आग्रह गरेको छ । 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले शोमबार गृहमन्त्रालयमा मन्त्री लामिछानेसँग भेटगरी सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा बिषयमा जानकारी गराएको हो ।  

Advertisement

मन्त्री लामिछानेसँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले शान्ति सुरक्षाको प्रभावकारी ब्यवस्था मिलाउन, सुनचाँदी ब्यवसाय सञ्चभालन सम्वन्धी आवश्यक कानून निर्माणका लागि पहलगर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न उहाँसँग आग्रह गरेका थिए ।  

त्यसक्रकममा गृहमन्त्री लामिछाने ब्यवसायीले राखेका बिषयहरुलाई आफूले गंभिररुपमा लिएको  र समस्या समाधानका लािग सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । 

मन्त्री लामिछानेसँगको भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्षद्धय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको उपस्थिति रहेको थियो  ।
 

Advertisement

Advertisement