सुपर मादी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, तपाईँले भर्नुभयो ?

Advertisement

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि निष्काशन खुला गरेको २१ करोड रुपियाँको साधारण शेयर (आईपीओ) भर्ने आज माघ १२ गते अन्तिम दिन हो । 

इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । 

Advertisement

कम्पनीले निष्काशन खुला गरेको उक्त २१ लाख कित्ता आईपीओ मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख १० हजार कित्ता, सामुहिक लगानी कोषलाई १ लाख ५ हजार कित्ता र ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।   

सर्वसाधारणहरुका लागि छुट्याइएको आईपीओ एक लाख ७४ हजार तीन सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

आईपीओका लागि १२–१४ लाखको आवेदन पर्ने भएकाले उक्त कम्पनीको आईपीओका लागि १० कित्तामात्रै भर्दा उपयुक्त हुनेछ । 

Advertisement

Advertisement