काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले गत साउन १८ गते साउदी अरेबियामा ज्यान गुमाएका बीमित लोकेन्द्र बिष्टको श्रीमती कलावतीलाई दावी भुक्तानी गरेको हो ।
आज धनगढीस्थित कैलालीमा सम्पन्न एक कार्यक्रमकाबिच कम्पनीका मार्केटिङ्ग प्रमुख योगेन्द्रबिक्रम अधिकारीले कम्पनीले भुक्तानी गर्नु पर्ने १४ लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा जीवन बीमाको महत्वको बारेमा पनि प्रकाश पारिएको थियो । साथै, जीवन अनिश्चित हुने भएकाले आजै बीमा गरी ढुक्क हुनुपर्ने सन्देश कार्यक्रममा दिइएको हो ।