जगदम्बा  स्टील्सको सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्यो

Advertisement

काठमाडौं । स्टील उत्पादन कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ । 

कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी माग बढेको जनाएको हो ।

Advertisement

‘नेपालको पहिलो स्वचालित स्टील उत्पादन गर्ने कम्पनी जगदम्बा स्टील्स जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) को निरन्तर अन्तर्राष्ट्रिय निर्यातको घोषणा गर्न पाउँदा कम्पनी निकै गौरवान्वित छ । हामी हाम्रा उच्च गुणस्तरका उत्पादन र सेवाहरूमा ग्राहकहरूको विश्वासप्रति कृतज्ञ छौं ।’, विज्ञप्तिमा उल्लेख छ । 

जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ । यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता हो । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ ।

रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको कम्पनीले जनाएको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएसः १९१ ले हाम्रो उत्पादन क्ष्क्इ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र क्ष्क्इ १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्ने दाबी गरेको छ ।  
 

Advertisement

Advertisement