लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरको साधारणसभा आज बस्दै

Advertisement

काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित ​माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज (असोज १४ गते) बस्दैछ ।

सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरिसकेको छ ।

भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

Advertisement

Advertisement