सामलिङ पावरको ८३ लाख कित्ता शेयरको ‘लक इन’ कात्तिकमा सकिँदै

Advertisement

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको ‘लक इन’ अवधि अर्को महिना समाप्त हुँदै छ । 

कम्पनीको कुल ८२ लाख ८४ हजार ६०० कित्ता शेयर ‘लक इन’ अवधि कात्तिकमा समाप्त हुन लागेको हो । 

Advertisement

हाल कम्पनीका संस्थापकहरूको ३७ लाख ७० हजार, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ५ लाख र कर्मचारीहरूको १४ हजार ६०० गरी कुल ८२ लाख ८४ हजार ६०० कित्ता शेयर ‘लक इन’ मा छन् । 

लक इन अवधि कात्तिक १५ गतेपछि सकिनेछ । 

‘लक इन’ सकिएपछि सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ । तर कम्पनीका संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा कायम रहेको व्यक्ति तथा कम्पनीको उच्च तहमा रही कार्यरत कर्मचराीले आफ्नो नामको शेयर खरिदबिक्री गर्न पाउने छैनन् । 

कम्पनीले २०७८ भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री खुला गरी सोही वर्षको असोज २० गते बाँडफाँट गरेको थियो । त्यस्तै, बाँकी साधारण शेयर २०७८ कात्तिक ४ देखि ८ गतेसम्म निष्कासन गरी १६ गते बाँडफाँट गरेको थियो । 

आईपीओ बाँडफाँटको मितिले ३ वर्षसम्म संस्थापक शेयर अनिवार्य लक इनमा राख्नुपर्ने प्रावधान छ । अतः २०७८ कात्तिक १६ गतेलाई आधार मानी २०८१ कात्तिक १५ गतेपछि लक इन अवधि सकिनेछ । 
 

Advertisement

Advertisement