साथी कुटिएकोमा यातायात मजदुर गाडी तेर्साएर आन्दोलन, प्रहरीको भ्यान पनि जलाइयो

Advertisement

काठमाडौं । मजदुर कुटिएको विरोधमा सोमबार यातायात व्यवसायीले बालाजु चक्रपथमा गाडी तेर्साएर विरोधमा उत्रिएका छन् । आक्रोसित आन्दोलनकारीले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन् । त्यस क्रममा केही प्रहरी घाइते समेत भएको जनाइएको छ । 

नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से बहुउद्देश्यीय कम्पनीका प्रवन्धक सुनिल कुँवरसहितको समूहले यातायात मजदुरमाथि हातपात गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । 

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारलाई दिएको १५ दिने अल्टिमेटम र आन्दोलनको रणनीति तय गर्न बैठक बसिरहेको बेला कुँवरलगायतका केही व्यक्तिले गुण्डागर्दी शैलीमा आएर आफ्ना साथीहरुमाथि कुटपिट गरेको गुनासो गरे । 

उनले कुटपिट गर्नेहरुलाई कारबाही हुनुपर्ने र उनीहरुले माफी माग्नुपर्ने बताए । मजदुरको आन्दोलनमा यातायात व्यवसायीको पनि साथ देखिन्थ्यो । 

Advertisement

Advertisement