ठेक्का लगाउन नदिने र अमानतमा कर उठाउन पनि अवरोध गरेको नगरप्रमुख कुर्मीको आरोप

Advertisement

काठमाडौं । रौतहटको बृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मीले विपक्षीहरु आफूलाई बदनाम गर्न लागी परेको बताएका छन् । पत्रकार सम्मेलनमार्फत मेयर कुर्मीले यस्तो बताएका हुन् । 

पाँच वर्षसम्म भ्रष्टचार गरेर पल्केका काँग्रेसका पूर्वमेयर राम स्नेही यादव, ठेक्का नपाएका नेकपा माओवादीका नेता रामप्रसाद पटेल, जागिर र बिभिन्न अस्पताल, विद्यालय मर्मतको नाममा मोटो रकम माग गरेका नेकपा एमालेका प्रेमशंकर यादव र जसपाका केही कार्यकताहरु आफुलाई बदनाम गर्ने कार्यमा लागेको उनको आरोप छ ।  

Advertisement

काँग्रेसका रामस्नेही यादव, माओवादीका नेता रामप्रसाद पटेल र एमालेका प्रेमशंकर यादव वृन्दावन नगरपालिकाका मेयर प्रत्यासी समेत हुन् । 

आफु भ्रष्टाचार मुक्त नगर बनाउने उद्देश्यका साथ अगाडि बढिरहेका बेला विपक्षीहरु आफूलाई बदनाम गराउन लागि परेको उनको भनाइ छ । 

यसैबीच गत शनिबार नदीजन्य बस्तु उत्खनन्को लागि ठेक्का गर्नु पर्ने बिषयमा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजबादीका समर्थकबीच भएको झड़पमा परि २ जना कांग्रेसका कार्यकर्ता र ४ जना नगरपालिकाका कर्मचारी घाइते भएका थिए । 

बागमती नदीको रमौलीघाटबाट नदीजन्य पदार्थ ढुंगा, बालुवा तथा गिट्टि उत्खनन् गर्न ठेक्का लगाउन खोज्दा विपक्षी दलले अबरोध गर्दै आएको र अमानतमा कर उठाउन खोज्दा अवरोध गरिएको मेयर कुर्मीको आरोप छ ।  

Advertisement

Advertisement