पशुपतिमा शिवरात्री मनाउन ८० लाख खर्च हुने अनुमान, फागुनभित्र खर्च विवरण बुझाइने

Advertisement

काठमाडौं । नजिकिँदो महाशिवरात्री पर्वको दिन पशुपतिनाथ मन्दिरमा २० लाख भक्तजन आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले शिवरात्रीको तयारीबारे जानकारी दिँदै पशुपतिनाथ दर्शन गर्न २० लाख धार्मिक पर्यटक आउने अनुमान गरिएको बताए । 

उक्त दिनको लागि पशुपति परिसरमा सुरक्षा व्यवस्था चुस्त बनायने बताउँदै उनले सुरक्षाकर्मीसँगै स्वयम सेवकहरु परिचालन गरिने, स्वास्थ्य शिविर सञ्चालन गरिने, सरसफाईको राम्रो प्रवन्ध गरिने, चन्दन वितरण तथा पूजा, आवास, भोजन, पार्किङ, साधुसन्तहरुको सेवाको राम्रो व्यवस्था गरिने बताए । 

Advertisement

शिवरात्रीका लागि अहिले पशुपति क्षेत्रमा सजावट र सरसफाईको काम भइरहेको छ । शिवरात्री व्यवस्थापनका लागि ८० लाख खर्च छुट्याइएको बताउँदै खतिवडाले फागुन मसान्तसम्म सबै खर्च विवरण सार्वजनिक गर्ने बताए । यस बर्ष पशुपति क्षेत्रमा कोषको बाहेक कुनै पनि लोगो, पर्चा, ब्यानर राख्न नपाउने पनि उनले बताए । 

Advertisement

Advertisement