लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर पोखरामा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । यी काउन्टरहरु मनिपाल अस्पताल र हिमालय आँखा अस्पतालमा स्थापना गरिएको बैंकले जनाएको छ । 

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, दुई हजार पाँचसय भन्दा बढि रेमिटान्स एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्ट पुगेको छ ।

Advertisement

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न आफूहरुले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको लक्ष्मी बैंकले बताएको छ । 
 

Advertisement

Advertisement