काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले फागुन ११ गतेदेखि १४ गतेसम्म नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजीङ्ग एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्ने भएको छ ।
उक्त प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु को बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजिन गरिंदै आएको हो ।
निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिङ उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको प्रदर्शन गरिने छ ।
सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहने आयोजकले जनाएको छ ।