आर्थिक संकटमा परेपछि गुण एयरलाइन्सका सबै विमानको उडान निलम्बित

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका सबै विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाउने छैनन् । 

आफ्ना कर्मचारीलाई तलब समेत दिन नसकेकाले यसबाट हवाई सुरक्षामा प्रभाव पर्नसक्ने जोखिम रहेको ठहर गर्दै प्राधिकरणले गुणका विमानहरुलाई तत्काल उड्न नदिने निर्णय गरेको हो । 

Advertisement

प्राधिकरणले कुनै पनि एयर अपरेटरमा यस्तो आर्थिक समस्याले असुरक्षित सञ्चालनको जोखिम निम्त्याउनसक्ने भन्दै यस सम्बन्धमा प्राधिकरणबाट अर्को लेखापरीक्षण र निरीक्षण नभएसम्म उसका सबै उडान सञ्चालनहरू निलम्बित रहने बताएको छ ।

Advertisement

Advertisement