आत्मनिर्भर लघुवित्तको आईपीओ विहीबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ विहीबारदेखि निष्काशन खुला हुने भएको छ । 

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय  ५५ कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको हो । 

Advertisement

उक्त कम्पनीको आईपीओ १६ हजार ९ सय ७० जनाले १०–१० कित्ता र पाँच जनाले ११–११ कित्ताका दरले पाउने छन् । 

यसैबीच आत्मनिर्भरले विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म २० हजार ३ सय ३८ कित्ता बिक्री खुला गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले कूल २ करोड ३ लाख ३८ हजार रुपियाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन बिक्री गर्न लागेको हो । जसमध्ये नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता,  कर्मचारीहरुका लागि ३ हजार १ सय १७ कित्ता र सामुहिक लगानी कोषहरुलाई १० हजार १ सय ७० कित्ता सामुहिक लगानी छुट्याईएको छ । 

फागुन महिनाभित्रै दुई लघुवित्तको आईपीओ खुल्दै, कुन कम्पनीको कहिले ?  

Advertisement

Advertisement