पहिलो अन्तर्राष्ट्रिय मार्की राइड शुरु, २१ दिनमा छ हजार पाँच सय किलोमिटर यात्रा

Advertisement

काठमाडौं । अपाचे ओनर्स ग्रुप (एओजी)ले नेपालको पहिलो अन्तर्राष्ट्रिय मार्की राइड सुरु गरेको छ । 

बिहीबारबाट भएको राइडमा नेपाल, भारत र बंगलादेशका राइडर सहभागी भएका छन् । राइड २१ दिन लामो हुने र चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरले भाग लिनएका छन् ।

Advertisement

राइड करिब ६ हजार ५ सय किलोमिटर लामो हुने अनुमान गरिएको छ । काठमाडौंबाट सुरु भएको उक्त राइड रक्सौल हुँदै गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने जनाइएको छ ।

यस्तै, राउरकेलामा नेपाल र बंगलादेशका राइडरको भेट हुने र राइडर्स विभिन्न रुट हुँदै गोवा जाने बताइएको छ । राइडरले राइडको क्रममा भारतका विभिन्न पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभलमा बाइकिङ गतिविधिका साथै गिगमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिको प्रदर्शनी सहभागिता जनाउने लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश रहने जनाइएको छ । 

Advertisement

Advertisement