पोखरा विमानस्थल रात्रिकालिन उडानका लागि तयार, बुद्धले पहिले सुरुवात गर्ने

Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ । यस विमानस्थलमा रात्रिकालिन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्राधिकरणले एरोनोटिकल इन्फरमेसन पब्लिकेशन (एआईपी) प्रकाशित गरेको थियो । सो प्रकाशित भएको ४२ दिनपछि बिहीबारबाट पोखरा विमानस्थल सबै खालका उडान गर्न योग्य भएको भुलको भनाई छ । यो प्रणाली लागू भएपछि रातिको समयमा पनि उडान र अवतरण गर्न सकिने छ । 

Advertisement

आईएफआर प्रणाली लागू भएसँगै पोखरा विमानस्थलमा पहिलो रात्रिकालिन उडान बुद्ध एयरले गर्ने भएको छ । यही प्रणालीअनुसार बुद्ध एयरले आज बिहान पहिलो अवतरण पनि पर्यो । 

आईएफआर प्रणालीपछि पोखरा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा सेवा दिन तयार भएको बताउँदै भुलले अहिले भने अपरान्ह ४ बजेसम्म मात्रै सेवा दिन तयार रहेको बताए । 

बुद्ध एयरले आउँदो फागुन २५ देखि पोखरामा व्यवसायिक रात्रिकालिन उडान सुरु गर्नेछ । उक्त एयरलाइन्सले ‘नाइट स्टप’ बनाएर राति अबेरसम्म र बिहानै उडान सेवा दिन लागेको हो । यती एयरलाइन्सले पनि रात्रिकालिन उडान सञ्चालनका लागि प्रक्रिया अघि बढाउन लागेको छ । 
 

Advertisement

Advertisement