एभरेष्ट बैंकले ललितपुरको टौखेलमा गर्यो ‘सोलार बस स्टयान्ड’को उद्घाटन

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकाको टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित ‘सोलार बस स्टयान्ड’ निर्माण गरेको छ । 

बस स्टयान्डको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष सानुराज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विजयकुमार शर्माले संयुक्तरुपमा गरे । 

Advertisement

डीसीओ शर्माले नवनिर्मित सोलार बस स्टयान्डले स्थानीय बासिन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाख ग्राहकहरु छन् भने १२४ शाखा संजाल, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय छन् । नेपाल सरकारको राजस्व संकलनको लागि बैंकले ३२ वटा संकलन केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
 

Advertisement

Advertisement