प्रभु लाईफले सौराहामा गर्यो ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ सम्पन्न गरेको छ । कम्पनीले तीन दिनसम्म सञ्चालन गरेको यो कार्यक्रम शुक्रबार समपन्न भएको हो । 

कार्यक्रममा एमडीआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए । 

Advertisement

सेरेमोनीमा अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरिएको थियो । 

सीईओ प्रसाईंले सबैको मिहेनतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए । प्रभु लाइफकमा उच्च व्यवस्थापकहरु पनि सो अवसरमा सहभागी थिए । 

Advertisement

Advertisement