‘आइएमई पे’ले शुरु गर्यो ‘पे विथ लिंक बैंक’ सुविधा

Advertisement

काठमाडौँ । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने भएका हुन् । 

यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत रू. १००/– र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । 

Advertisement

टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रू. २ सय ५० देखि ७ सय सम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुनेछ । 

थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिने कम्पनीले जनाउको छ । 

आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी
काठमाडौँ । आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ । भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो ।
 

 

Advertisement

Advertisement