रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरको मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण

Advertisement

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टर, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । 

गत शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले भने, ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विधार्थीहरुले लाभाम्वित हुने गरि हामीले यो शैक्षिक सामाग्रीहरु वितरण गरेका हौं ।’

Advertisement

उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्व सांसद ओमबहादुर घलानले कम्पनीको सहयोगप्रति हार्दिक मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकासका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । 

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।  
 

Advertisement

Advertisement