पल शाह छुट्दा तनहुँ जिल्ला कारागार अगाडि स्वागतका लागि हजारौंको भीड

Advertisement

काठमाडौं । अभिनेता पल शाह जेलबाट छुटेका छन् । उनी छुट्ने क्रममा तनहुँ जिल्ला कारागारको प्रवेशद्धारमा उनका हजारौं समर्थकहरु भेला भएर स्वगत गरेका थिए । 

नाबालिका बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले शाहलाई आइतबार सफाइ दिएको थियो । अदालतको आदेशअनुसार पल शाह छुट्ने क्रममा समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका थिए । 

Advertisement

बलात्कारको आरोपमा जाहेरी परेपछि शाहले गत वर्ष फागुन १५ आजकै दिन तनहुँ जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय गरेको थियो ।

तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।

Advertisement

Advertisement