‘हिमालयन’ बियर नेपाली बजारमा, अरु बियरको भन्दा फरक स्वाद

Advertisement

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । लोकप्रिय होलि चाडलाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो । 

गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियर भन्दा नयाँ र रिफ्रेशिङ भएको कम्पनीले जनाएको छ । 
 
‘फर द वन हु डेयरस्’ नारामा लन्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनी लिएको छ । 

Advertisement

हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन । यस बियर को ६५० एमएलको बोतलको मूल्य ३१० रुपियाँ र ३३० एमएलको बोतलको मूल्य १६५ रुपियाँ कायम गरेको कम्पनीले जनाएको छ ।  

लामो र गौरवमय इतिहास बोकेको हिमालयन व्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाण्डौ र कमाण्डो जस्ता लोकप्रिय बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ ।  
 

Advertisement

Advertisement