ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक, १५ प्रतिशत क्यासब्याक पाइने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले ‘जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् । 

Advertisement

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । 

बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।
 

Advertisement

Advertisement