अन्तर्राष्ट्रिय नारी दिवसमा सानिमा बैंकले ल्यायो  ‘बचत र क्यासब्याक संगसंगै’ योजना

Advertisement

काठमाडौं । सानिमा बैंैकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक गरेको छ । 

उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ ।

Advertisement

साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ ।

बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु संचालनमा रहेका छन् ।


 

Advertisement

Advertisement