स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनको सम्झौता

Advertisement

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ । 

Advertisement

यसै गरी हिमालयन बंैकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्पmत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइसञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement