लघुवित्त र मिटरब्याजी पीडितहरुको माइतीघरमा छुट्टै आन्दोलन, ५५ जिल्लाका पीडित आएको दावी

Advertisement

काठमाडौं । लघुवित्त र मिटरब्याजी पीडितहरुले रजाधानीमा आन्दोलन गरेका छन् । मंगलवार लघुवित्त वित्तीय संस्थाहरुले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । 

विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त बिरोध प्रदर्शन गरे । पीडितहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका थिए । 

Advertisement

उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् । लघुवित्त संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र बचतको नाममा विगत ३० वर्षदेखि गरेको प्रति सदस्य पाँच रुपियाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्त संस्थाले कर्जा प्रवाह गर्दा २–३ पटक प्नःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणीहरु बाहेकका विभिन्न नाममा गरिएको बचतकर्ताहरुको रकम हिसाव गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । 

Advertisement

Advertisement