वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न १५ जनाले लिए पहिलो अनुमति

Advertisement

काठमाडौं । यो वर्षको वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न पहिलो १५ जनाले अनुमति लिएका छन् । हिमाल आरोहण गर्ने सिजन सुरू भएसँगै सगरमाथा चढ्न अनुमति लिने क्रम सुरु भएको हो । 

पर्यटन विभागले १५ जनाले यस सिजनको पहिलो आरोहण अनुमति लिएको बताएको छ । अनुमति लिनेमध्ये १० जना पुरुष र ५ जना महिला छन् । उनीहरु अष्ट्रेलिया, चीन, जर्मनी, हंगेरी, सिंगापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, अमेरिकाका नागरिक हुन् । 

Advertisement

उनीहरुबाट दुई करोड १६ लाख ८६ हजार रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । वसन्त ऋतुका लागि अरु हिमाल आरोहणका लागि हालसम्म ५३ जनाले अनुमति लिएको विभागको भनाई छ । 

सगरमाथाबाहेक पाँच वटा हिमाल आरोहण गर्न उनीहरुले अनुमति लिएका हुन् । आरोहीहरुले सुर्मा सरोवर (६,५२३ मिटर), अन्नपूर्ण (८,०९१ मिटर), पाङग्री गोलदुम्बा (६,६२० मिटर), मनास्लु (८,१६३ मिटर), थोराङ पिक (६,१४४ मिटर) हिमाल आरोहण अनुमति लिएका छन् । 

अनुमति लिनेमध्ये ३६ जना पुरुष र १७ जना महिला छन् । उनीहरुबाट एक करोड ३६ लाख ४ हजार ७३० रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।  

Advertisement

Advertisement