कृषि विकास बैंकले रोल्पामा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । ग्लोवल मनी विक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अनुसार कृषि विकास बैंकद्धारा रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।  वित्तीय सेवामा विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, युवा तथा महिला समूह, किसानहरुलाई वित्तीय साक्षरता सम्वन्धी ज्ञान दिने तथा वित्तीय पहुँच वढाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । 

प्रदेश कार्यालय दाङ अन्र्तगत शाखा कार्यालय रोल्पाको आयोजनामा गंगादेव गाउँपालिका वडा नं ३ मनिमारेमा सम्पन्न उक्त कार्यक्रममा बैंकका सीईओ गोविन्द गरुङको प्रमुख आतिथ्य तथा सोही गाउँपालिकाका प्रमुख हरिवहादुर पुनको विशिष्ट आतिथ्यता रहेको थियो । 

Advertisement

सो कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक, प्रदेश कार्यालयका निर्देशक राजेशकुमार श्रीवास्तवले गरेका थिए भने सञ्चालन शाखा कार्यालय रोल्पाका प्रवन्धक राजकुमार विश्वकर्माले गरेका थिए । 

गंगादेव गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष लोकमान डागी, ७ नं का वडा अध्यक्ष प्रेमप्रकाश केसी, वडा नं ३ का निवर्तमान वडा अध्यक्ष जलेशकुमार केसी, वडा नं ३ का किसान, महिला समुह, सिद्धार्थ नमुना माध्यामिक विद्यालय घोप्टे ओढार र विरेन्द्र मावि नाउलीका कक्षा ११ र १२ का विद्यार्थीहरुको समेत व्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा वैंकका शाखा कार्यालय रोल्पा तथा सल्यानका प्रवन्धकहरु एवं प्रदेश कार्यालय र शाखा कार्यालयका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बैंकका सीईओ गुरुङले बैंक के हो, बैंकले के काम गर्दछ, कसरी वचत गर्ने, वचत गर्दा हुने फाईदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यम शिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु, किन कृषि विकास बैंकवाट कारोवार गर्ने लगायत किसानहरुको सेवामा सधै तल्लीन कृषि विकास बैंकको विविध पक्षहरुको वारेमा प्रकाश पारेका थिए । 

Advertisement

Advertisement