नेपाल फाईभ पी अन्तर्राष्ट्रिय मेला शुरु, के-के छन् प्रदर्शनीमा ?

Advertisement

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको आयोजनामा तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सुरु भएको छ । उक्त मेलाको उद्‌घाटन शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका हुन् । 

मेलाको उद्‌घाटन गर्दै थापाले मेलाले नेपालमा नयाँ प्रविधि भित्र्याउन सहयोग गर्ने बताए । साथै उक्त मेलाले नयाँ काम गर्नेहरुका लागि नयाँ बाटो देखाउन मद्दत हुने उनको भनाइ छ ।

Advertisement

खास गरेर यो क्षेत्रको काम गर्नेहरुलाई नयाँ प्रविधि के कस्तो आयो भन्ने कुरा थाहा पाउन सजिलो भयो र अर्को सानो स्केलमा नयाँ काम गर्छु भन्ने युवाहरुका लागि यहाँ आएर थोरै लगानीमा पनि काम गर्न सकिन्छ भन्ने शिक्षा यस प्रदर्शनीले दिन्छ भन्ने मलाई लागछ,’ थापाले भने ।

मेला यही चैत १२ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा रहने छ । मेलाको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टल रहेका छन् ।

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो ।

नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी चैत १० देखि, १५० भन्दा बढी स्टलहरु रहने

Advertisement

Advertisement