सीएनआई युवा उद्यमी मञ्च र फिकी युवा नेतृत्व मञ्चबीच सहकार्य

Advertisement

काठमाडौं । युवा उद्यमशीलता प्रबद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरुको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । 

Advertisement

हालै भारतको नयाँ दिल्ली भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ । 

समझदारी पत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्च शाश्वत गोयन्काले हस्ताक्षर गरेका छन् । 

यस समझादारी अनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल, अन्तरक्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहनलगायतका कार्यक्रम गरिनेछ । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल उद्योग परिसंघले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो । यस्तै फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो ।

सन् २००५ अगष्ट १५ मा गठित सिएनआई वाइईएफको नेतृत्वमा हालै काठमाडौंमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्यूभेसन सेन्टर स्थापनालगायतका काम भईरहेका छन् । 
 

Advertisement

Advertisement