काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालाम्पुरमा चार्टर्ड उडान गर्न माग गरेको बारे स्पष्टीकरण मागेको छ ।
नेपाल र मलेसिया सरकार बीच अप्रिल ३, २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाल वायुसेवा निगमले प्रति हप्ता २८ उडान गर्ने पाउने व्यवस्था छ ।
मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना रहँदा रहँदै थप चार्टर्ड उडानको अनुमति माग गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको जनाएको छ । प्राधिकरणका अनुसार के कति कारणबाट उक्त चार्टर उडानहरु माग भई आएको र सो सम्बन्धि व्यहोरा स्पष्ट पारी यथाशिघ्र पठाउन निर्देशन दिएको हो ।
यस सम्बन्धमा नेपाल वायुसेवाका एक अधिकारीले भने, ‘हामीले प्राधिकरणसँग नन स्केजुल उडान संचालन गर्न अनुमति मागेका हौं, त्यही स्केजुललाई नन स्केजुलको रुपमा मागेको हो । स्केजुलमा थोरै समस्या आएर नन स्केजुल गर्न खोजेको हौ ।’