काठमाडौं । सत्ताधारी दलहरुको गठबन्धनका नेताहरुले मन्त्रालय भागवण्डा मिलाएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने कुरा टुंग्याए पनि कुन मन्त्रालयलाई कुन पार्टीलाई दिने भन्ने कुरामा भने केही विवाद अझै रहेको छ ।
नेताहरुबीच बिहीबार साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी आजलाई प्रारम्भिक समझदारी बनेको स्रोतको भनाई छ । गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सरकारमा जान इच्छुक छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तत्काल सरकारमा नजाने जवाफ पठाएको छ । बाँकी दलहरुले मन्त्रालय भाग लगाएका हुन् ।
भाण्गबण्डाअनुसार अब दलहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीलाई पठाउनुपर्नेछ । सहमतिअनुसार कांग्रेसले आठ, माओवादीले प्रधानमन्त्रीसहित पाँच, एकीकृत समाजवादीले दुई, जसपाले दुई, जनमतले एक राज्यमन्त्रीसहित दुई, लोकतान्त्रिक समाजवादी पार्टीले एक, नागरिक उन्मुक्ति पार्टीले एक, आम जनता पार्टीले एक र नेपाल समाजवादी पार्टीले एक मन्त्रालय पाउने प्रारम्भिक समझदारी बनेको हो ।