सिद्धार्थ बैंकले ग्लोबन मनि वीकमा ९८ स्थानमा गर्यो गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक ले २०२३ मार्च २० देखि २६ गते सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनि वीक’ का अवसरमा  विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

ग्लोबल मनि विकको यो वर्षको नारा ‘प्लान योर मनि, प्लान योर फ्यूचर’ र ग्लोबल मनि विकको स्थायी नारा ‘लर्न, सेभ, अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

Advertisement

बैंकद्वारा कोशी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बाग्मति प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मति प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनि प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको सहभागिता रहेको थियो । 

यसैगरी बैंकले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना जोगाउने उद्देश्यले फेसबुकमा सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ शीर्षकमा भिडियो कन्टेस्ट आयोजना गरेको थियो । उक्त दुबै प्रतियोगिताहरुमा उल्लेखनीय सहभागिता समेत रहेको थियो ।

Advertisement

Advertisement