मार्चमा हवाई मार्गबाट भित्रिए झण्डै एक लाख पर्यटक, कुन देशबाट कति ?

Advertisement

काठमाडौं । गएको मार्च महिनामा झण्डै एक लाख पर्यटक हवाई मार्ग हुँदै भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले यो महिनामा ९९ हजार ४२६ पर्यटक भित्रिएका हुन् । 

त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए, २०२१ को मार्च महिनामा १५ हजार २ सय ५४ जना, २०२० को मार्च महिनामा ४२ हजार ७ सय ७६ र २०१९ को मार्च महिनामा एक लाख २७ हजार ३ सय ५१ जना पर्यटक नेपाल भित्रिएका थिए । 

Advertisement

त्यस्तै, सन् २०२३ को मार्च महिनामा भारतबाट २५ हजार ९११ जना, अमेरिकाबाट नौ हजार ५५७ जना, बेलायतबाट छ हजार १३३, जर्मनीबाट चार हजार १४९ र श्रीलंकाबाट तीन हजार ८९८ जना, थाइल्याण्डबाट तीन हजार ८२९ जना, अष्टे«लियाबाट तीन हजार ६३५ जना, फान्सबाट तीन हजार नौ जना, चीनबाट दुई हजार ६३५ जना र दक्षिण कोरियाबाट दुई हजार ६३९ जना पर्यटक भित्रिएका छन् । 


बोर्डको तथ्याड़क अनुसार नेपाल आएका पर्यटकहरुमध्ये सबैभन्दा धेरै सार्क राष्ट्रका छन् उनीहरुको हिस्सा ३३.६ प्रतिशत छ भने युरोपका पर्यटकको हिस्सा २३.४ प्रतिशत, अमेरिकी मुलुकबाट ११.३ प्रतिशत, एशियाबाट १५.७ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत, ओशिनियाबाट ९.४ प्रतिशत र अन्य मुलुकबाट १०.४ प्रतिशत पर्यटक भित्रिएका छन् । 

उक्त अवधिमा चिनियाँभन्दा अमेरिकी र यूरोपेली पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । यो गएको फेब्रुअरी महिनाको भन्दा ३० प्रतिशतले वृद्धि हो भने गएको जनवरी महिनाको तुलनामा झण्डै आठ प्रतिशतले बढी हो । 

पर्यटक आगमनमा सुधार आउन थालेको भन्दै बोर्डका निर्देशक  मणिराज लामिछानेले भने, ‘पर्यटक आगमनको ‘ट्रेन्ड’ राम्रै छ । गत २०१९ को जनवरी र २०२३ को जनवरीमा ७० प्रतिशत पर्यटक आगमन रिकभर भएको छ । २०१९ को फेब्रुअरी महिना र २०२३ को फेब्रुअरीमा ७४ प्रतिशतले बढेको देखिन्छ । सन् २०१९ को मार्च महिना र २०२३ को मार्चमा ७८ प्रतिशतले वृद्धि भएको छ । यो ‘ट्रेण्ड’ले पर्यटक आगमन बढ्ने क्रममा छ भन्ने देखाउँछ । 

पर्यटक आगमनमा भारत एक नम्बर छ भने अमेरिकादेखि लिएर अन्या देशका पर्यटक नेपाल भित्रिने क्रम बढेको छ । चिनियाँ पर्यटक फेब्रुअरी महिनाबाट बढे पनि मार्चमा भने बढ्न सकेन् । विशेषगरी मार्च र अप्रिलमा पदयात्रा र हिमाल आरोहणका लागि पर्यटकहरु धेरै नेपाल आउने लामिछानेले बताए । 

उनले भने, ‘यूरोपिन देशका पर्यटकहरु नेपालप्रति सकारात्मक देखिएका छन् । गएको महिनामा हामीले स्पेनमा मार्केटिङ पनि गरेका थियौं । फेब्रअरी र मार्चमा पनि जर्मनीमा गयौं । अन्य ठाउँहरुमा अफलाइन, अनलाइन मर्केटिङ गरिरहेका छौं । त्यसको पनि सकारात्मक प्रभाव निकै परेको देखिन्छ । निजी क्षेत्रका व्यवसायीहरुले पनि आफ्नो तर्फबाट मर्केटिङ गरिरहेका छन् ।’ 

बोर्डले पदयात्रीहरुको लागि अप्रिल १ देखि नयाँ नियम लागू गरेको छ । चीनको तीन शहरहरुमा सेल्स मिशन आयोजना गर्ने योजना पनि लामिछानेले सुनाए । 

Advertisement

Advertisement