आठ महिनामा एभरेष्ट प्यारेन्टल्सको कारोबार २६ करोड, १ अर्ब ४२ करोड ऋणका लागि योग्य

Advertisement

काठमाडौं। इन्जेक्टएबल औषधि उत्पादन गर्ने एभरेष्ट प्यारेन्टलस्ल ८ महिनामा २६ करोडको व्यापार गरेको छ। बारामा उद्योग स्थापना गरी औषधि उत्पादन गरिरहेको कम्पनीले २ वर्षमा राम्रो व्यापार गर्न सफल भएको हो।

उद्योग २ अर्ब लगानीमा स्थापना भएको हो। उद्योगले ट्याब्लेट खान नसक्ने बिरामीका लागि इन्जेक्सनबाट प्रदान गर्ने झोल औषधि बनाउँदै आएको छ। कम्पनीले सबैभन्दा धेरै स्लाइन पानी बिक्री गरेको छ।

Advertisement

रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार कम्पनीको म्यानेजमेन्ट टीम राम्रो रहेको कारण छोटो अवधिका लागि २० करोड लामो अवधिका लागि १ अर्ब २२ करोड ऋणको लागि योग्य देखिएको छ। छोटो अवधिको ऋणका लागी कम्पनीले ‘ए फोर प्लस’ रेटिङ प्राप्त गरेको छ। दीर्घकालिन ऋणका लागि बीबी माइनसको रेटिङ प्राप्त गरेको छ।

कम्पनीलाई युवा व्यावसायी उमंग रानासरिया र नेहा अग्रावालले सञ्चालन गरिरहेका छन्। उद्योग रानासरिया ग्रुपले सञ्चालन गरिरहेको छ। यो ग्रुपले लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टमा समेत लगानी गरेको छ।  

 

Advertisement

Advertisement