वीरगञ्जमा रहेको कार्यालय दुर्गन्धित पारेकोमा नेपाल टेलिकमको ध्यानाकर्षण

Advertisement

काठमाडौं । नेपाल टेलिकमको मधेश प्रदेशस्थित वीरगञ्जमा रहेको कार्यालय परिसरभित्र आज बिहान करिब नौ बजे अचानक २० जना समूहमा आएका अनधिकृत व्यक्तिहरुको समूहले पाँच, सात ट्रयाक्टर फोहोर फालेको घटनालाई लिएर नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियान विरुद्ध  उक्त समूहद्वारा भएको यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर परेको टेलिकमको ठहर छ । साथै, त्यस्ता गतिविधी प्रति टेलिकमले खेद समेत व्यक्त गरेको छ । 

Advertisement

उक्त अमर्यादित कार्यको विरोध गर्दै कम्पनी भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको नेपाल टेलकमका प्रवक्ता शोभन अधिकारीले जनाकारी दिए । 
                                            

Advertisement

Advertisement